अर्थ-वाणिज्य

मध्यरातमा ओली – नेपाल संवाद, आज भेटवार्ता



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच गएराति टेलिफोन संवाद भएको छ ।

लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । दुई नेताबीच आज भेट हुने सम्भावना रहेको पाण्डेले बताए । भेटको समय र स्थान भने तय भएको छैन् । आज बिहान पुनः टेलिफोन संवाद हुनेछ, त्यसपछि भेट हुने तयारी छ ।

नेपालनिकट नेता भीम आचार्यले दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमाले पार्टीका लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले पार्टी एकताका लागि दुवै नेता गम्भीर रहेको प्रतिक्रिया दिए ।

अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६