प्रदेश

प्रहरीलाई नागरिकको हिस्सेदारी र पत्रकारको खवरदारी आवश्यकः उपरीक्षक कार्की



कपिलवस्तु १८ असार ।संचार माध्यमको सकारात्मक खवरदारी र नागरिकवाट सही समयमा सही सूचना पुराएर कर्तब्य पालनामा  हिस्सेदारी  लिएमा  प्रहरीले शुसासन वहाली गर्न  सक्ने प्रहरी उपरिक्षक दानवहादुर कार्कीले वताउनु भएको छ । उहाले कपिलवस्तुमा पत्रकारहरुसंग राख्नु भएको परिचयात्मक अन्तरकृयामा वोल्दै यस्तो वताउनु भएको हो । उहाले जिल्लामा विभिन्न अपराध गरी कानुनको दायराबाट उम्केको व्यक्तीलाई कानुनी दयरामा ल्याउने  बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा हालै सरुवाभई आउनु भएका प्रहरी उपरिक्षक कार्कीले पत्रकार संगको अनर्तक्रियामा पुराना  घटनाहरुलाई खोतलेर कानुन कार्यान्वयनको माध्यमले विधीको साशन स्थापना गर्ने, दावि गर्नु भयो । दण्डहिनता अन्त्य गर्ने र  कानुनी सासन सुनिश्चित गर्ने विषयमाा आफू खरोगरी उत्रने भन्दै पत्रकारको स्वतन्त्र साथ जरुरी रहेको वताउनु भयो । 

जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न कार्ययोजना नै बनाएर काम गर्नु पर्ने बताएका छन् ।आन्तरिक व्यवस्थापन, बाह्य व्यवस्थापन, अपराध नियन्त्रण,अपराध अनुसन्धान, नगरीक सुशासन लगायतको विषयलाई लिएर सके सम्म राम्रो कार्य गर्ने  उहाले स्पष्ट पार्नु भयो ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६