अर्थ-वाणिज्य

माधव समूह विनै दिर्घकालिन महत्वका निर्णय



काठमाडौं, १९ असार । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीकोे वैठकले विभिन्न पाँच निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बसेको केन्द्रीय कमिटी वैठकले आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै विभिन्न पाँच निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाईनिर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
यस्ता छन् बैठकका पाँच निर्णय
१) पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने, केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने ।
२) विधान महाधिवेशन साउन २५–२७ काठमाडौंमा गर्ने, तयारीका लागिस् अध्यक्ष ओली( राजनीति प्रतिवेदन, ईश्वर पोखेरेल( सांगठनिक, विष्णु पौडेल–विधान, रामबहादुर थापा ‘बादल’–व्यवस्थापनको जिम्मेवारीमा ।
३) भदौ–५ वडा, भदौ १५–पालिका अधिवेशन गर्ने ।
४) विभाग गठन–स्थायी कमिटीबाट अन्तिम रूप दिने ।
५) निर्वाचनको तयारीमा पार्टी पंक्ति जुट्ने । एमालेको माधवकुमार नेपाल पक्ष बिनै एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ ।

प्रकाशित : १९ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६