अर्घाखाँची २० असार ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले विकासको बजेट दुरुपयोग भएको पाइए जनस्तरवाटै प्रतिरोध गर्न अर्घाखाँचीवासीलाई आग्रह गर्नु भएको छ । उहाले बिकासको काममा कसैले अनिमिता गरेको पाईएमा सरकारका सम्वन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै त्यस्ता घटनामा सिघ्र कार्वाही हुने बताउनु भएको छ । मन्त्री आचार्यले,आफ्नो गाउँ ठाउँमा कुन योजनालाई कहाँबाट कति रकम आएको छ , बिकाश निर्माणको काम कसरी भैरहेको छ भन्ने बारे सबै नागरिकले थाहा पाउनु पर्छ भन्दै योजनाको रकमको सदुपयोग, दुरुपयोग के भैरहेको छ? जनताले खबरदारी गर्नुपर्ने बताउनु भयो ।
नेकपा एमाले अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सरकारद्वारा विनियोजित बजेटको सहि रुपमा सदुपयोग भए मात्रै बिकासको कामले गतिलिने वहाँ भनाई छ । मन्त्री आचार्यले,जनताको कर बाट संचित बजेटको सहि रुपमा सदुपयोग हुनुपर्ने भन्दै बिकासको काममा अनियमितता गर्ने कसैलाई नछाड्ने चेतावनी समेत दिनु भयो ।
यसै बर्ष जिल्लाका ७ वटा मुख्य सडक कालोपत्रे हुने ,घरघरमा पानीको धारा पुर्याउने गरि बजेट बिनियोजन गरिएको छ । चुनावको समयमा गरिएका अधिकांस प्रतिबद्धता पूरा भएको तर बाँकी रहेका प्रतिबद्धता पनि समयमै पुरा गर्ने बताउनु भयो। वर्तमान सरकारले शिक्षा,स्वास्थ्य ,यातायात ,सिंचाइ ,खानेपानी र विद्युतको क्षेत्रमा धेरै काम गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँचीका संयोजक समेत रहनु भएका मन्त्री आचार्यले नेकपा एमालेको लोकप्रियतालाई कसैले कमजोर पार्न नसक्ने ठोकुवा समेत गर्नु भयो ।
बाह्य शक्तिको चक्रव्युमा फसेर पार्टीका केही नेताहरु प्रचण्डको मोतियार हुनपुगे पनि चेतखुलेपछि वहाँहरू पुन घर फर्किनुको बिकल्प नभएको भन्दै मन्त्री आचार्यले सावधानीका साथ काम गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । मन्त्री भएपछि आचार्यलाई गृह जिल्लामा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।








प्रतिक्रिया