काठमाडौं २० असार। तनाव कम गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणकाली नजिकै रहेको हात्तिवन रिसोर्ट पुगेका छन् ।अदालतले प्रतिनिधि सभाको पुनःस्थापना गर्ने वा चुनाव सदर गर्ने फैसला सुनाउन केही दिन अघि प्रचण्डले तनाव महशूस गरेका हुन्।
उनि पत्नी सिताका साथमा परिवारका छोरीज्वाई, नातिनातिनी सहित सचिवालय सदस्य र सुरक्षाकर्मीका साथमा प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
राजनीतिक रस्साकस्सी हुँदा फ्रेस हुन प्रचण्ड काठमाडौं उपत्यका बाहिर जाने गरेका छन् । यसपटक भने बाढी पहिरोका कारण काठमाडौंको दक्षिणकाली नजिकै रहेको हात्तीवन रिसोर्ट पुगेको स्रोतले बताए ।
यसअघि प्रचण्ड फ्रेस हुन कहिले सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट त कहिले सिन्धुली पुगेका थिए ।
गत फागुन २६ गते गठन गरेको पार्टी संगठन व्यवस्थापनसम्वन्धी कार्यदलले भोलि रिपोर्ट बुझाउने तयारी गरेकै अघिल्लो दिन प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
स्रोतका अनुसार, सो कार्यदलमा रहेका गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल लगायतका नेताहरु पनि भोलि बिहान रिसोर्ट नै पुगेर छलफल गर्दै रिपोर्ट बझाउने कार्यक्रम तय भएको छ ।








प्रतिक्रिया