प्रदेश

सुस्मिता हत्याको १ बर्ष १ महिना पुरा : हत्यामा संलग्न १ जना अझै पक्राउ परेनन्



कपिलवस्तु २० असार ।कपिलवस्तु बाणगंगा ८ माईती घर भएकी हेटौंडा–४ सुर्यचोककी सुस्मिता थापा केसी हत्या भएको १ बर्ष १ महिना हुन पुरा हुन थालेको छ । घटनामा संलग्न एक जना बाहेक सबै प्रक्राउ परि कारागारमा छन तर एकजना भने अभै फरार रहेको छन । यसैबिच आईतबार माईती पक्षले बाणगंगा ६ लक्ष्मणघाटमा सुस्मितको हत्या भएको १ बर्ष पूराभएको तिथीको अबसर पारि श्रद्धा संगै लाखबत्ति पुजा गरेको छ । 

मृत छोरीको घर हेटौडमा उक्त पुजा गर्ने भनिए पनि उताको पारिबारिक समस्याका कारण पुजा हुन नसकेको सुस्मिताका ठूला बुबा हेम बहादुर खड्काले बताउनुभएको छ । हत्याको घटनाले छोरीको राम्रो संग पनि काजकारिया नभएको भन्दै मृतक ज्वाई र छोरीको न्यायको लागि लक्ष्मणघाटमा २ पुजारी मार्फत लाख बत्ति पुजा र श्रद्धा गरिएको उहाको भनाई  छ । 

जिल्ला अदालत मकवानपुरले हेटौँडा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए संगै उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्की कारागारमा रहेका छन । हत्यामा संलग्न रहेका आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको छ । तर एक बर्ष एक महिना हुन लाग्दा समेत प्रक्राउ नपर्नु बिडम्बना बिषय भएको माईती पक्षका ठूलो बुबा खड्काले बताउनुभयो । 

यही असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । आफ्नै बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा–सासुलगायतको नातेदारले उक्त रकम आफैँले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको थिए । गत सालको असार २ गते घरमा नै क्षतविक्षत अवस्थामा सुस्मिताको शव भेटिएको थियो ।

प्रकाशित : २० असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६