बुटवल २१ असार । जनता समाजवादी पार्टी जसपाले व्यवसायीहरुलाई ३ महिनाको घरवाहल कर र अन्य दस्तुर छुटको व्यवस्था गर्न माग गरेको छ । जनता समाजवादी पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष बामदेव भुसालले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
विगत २ महिनादेखी जारी निषेधाज्ञाका कारण सम्पूर्ण व्यापार व्यवसाय बन्द गरी बसेका व्यवसायि / उद्यमीहरुलाई राहत स्वरुप आर्थिक वर्षको कम्तीमा ३ महिनाको घरवाहल कर र अन्य दैदस्तुर छुटको व्यवस्था गरी व्यवसायिहरुलाई संकटबाट तंगी्रने अवसर प्रदान गर्न माग गरेको हो ।
प्रतिक्रिया