भैरहवा २१ असार ।४ वर्ष अघिको ट्रंकलाइन विद्युत महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी गम्भीर समस्यामा परेको बताएका छन् । भैरहवामा रहेको पञ्चकन्या करिडोरका उद्योगीलाई लगाएको ट्रंकलाईन महशुलको विवाद अझै टुगिंएको छैन । विगतका वर्षहरुमा पनि नसुल्झिएको समस्या र कोरोना महामारीको चपेटामा परेका उद्योगलाई असार मसान्तसम्म पुरानो ट्रंकलाइन महशुल भुक्तानी गर्न ताकेता गरेपछि उद्योगीहरुले सरोकारवालासँग गुहार मागेका छन् ।
मागनै नगरेको प्रयोग नै नगरेको वा नियमित भन्दा बढी शुल्क लगाएको र निरन्तर भुक्तानी गर्न ताकेता गरेको विषयमा आन्दोलित हुँदै आएका उद्योगीहरुले आफूहरु जटिल समस्यमा परेको भन्दै आन्दोलनलाई चर्काउने र सुनुवाई नभए उद्योगका ताला चाबी सरकारलाई बुझाउन चेतावनी दिएका छन् । नेपाल बिद्युत प्राधिकरणले अनावश्यक शुल्क लगाएको भन्दै उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गरि न्यायको गुहार मागेका छन् ।
प्रतिक्रिया