प्रदेश

मध्यावधि चुनावको कार्यतालिका सार्वजनिक भएपछि नयाँ तरङग



काठमाडौं  २१ असार । निर्वाचन आयोगले मध्यावधि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।आगामी कात्तिक र मंसीरमा घोषणा गरिएको मध्यावधि चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको हो । यो संगै राजनैतिक बृत्तमा नयाँ तरङग पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

जसमा २६ कात्तिक र ३ मंसीरमा चुनावको मिति तय गरिएको  छ ।  प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकै बेला आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार, ३१ असारदेखि निर्वाचन अवधि प्रारम्भ हुने जनाएको छ । त्यही दिन दल दर्ताका लागि सूचना प्रकाशन गरिने आयोगले जनाएको छ ।  

यस्तै, १५ साउनसम्म दल दर्ताका लागि निवेदन दिन म्याद तोकिएको छ । २६ कात्तिकमा हुने पहिलो चरणको निर्वाचनका लागि २० र २१ असोजमा उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति तोकिएको छ । २५ असोजमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका रहेको छ ।

त्यस्तै, ३ मंसीरमा हुने दोस्रो चरणको निर्वाचनका लागि ३१ असोजदेखि १ कात्तिकसम्म उम्मेदवारी दिने समय तोकिएको छ । ५ कात्तिकमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ भने त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ ।

प्रकाशित : २१ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६