अर्थ-वाणिज्य

१ अर्व १८ करोड बजेट पारीत : प्रोत्साहन ,अनुदान र बृत्तिका नयाँ कार्यक्रम समाबेश



कपिलवस्तु २१ असार ।  बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि १ अर्ब १८ करोडको बजेट बिनियोजन गर्दै निति योजना र कार्यक्रमहरु सर्बसम्मत रुपमा पारित गरेको छ । नगरपालिकाले सोमबार नवौ नगरसभाबाट एक सय एक बुद्धे निति कार्यक्रम ,बिनियोजन ऐन २०७८ ,आर्थिक ऐन २०७८ ,नगर दररेट २०७८ पारित भएसंगै बजेट बिनियोजन गरेको हो । 


नगरसभा पश्यात पत्रकार सम्मेलन गर्दै नगरपालिका मेयर केशब कुमार श्रेष्ट ,उपमेयर मिरा थारु र प्रमुख प्रशासकिय अधिकृतले अनिल पौडेलले नगरसभाबाट पारित निति योजना ,कार्यक्रम तथा निर्णय सम्बन्धी प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउनुभएको थियो । चैत्र मसान्त सम्म योजना सम्पन्न गर्ने वडालाई थप प्रोत्साहन योजना दिने निती अंगिकार गरिएको ,मानपुर स्वास्थ चौकीलाई सुबिधा सम्पन्न बनाउन बजेट ब्यवस्था भएको,प्राबिधिक शिक्षाको डिप्लोमा अध्ययनमा बार्षिक ३० हजारका दरले ३ बर्षसम्म ९० हजारको शिक्षण शुल्क प्रतिवडा १ जनाका दरले मधेशी थारु ,अति न्यून आर्थिक अवस्था भएका छात्रालाई छात्रबृत्तिको ब्यवस्था गरिएको उल्लेख गरिएको छ । 


यस्तै किसानले उत्पादन गर्ने दुधको हकमा उत्पादनमा आधारित अनु्दान प्रणाली नमुनाका रुपमा शुरु गर्ने ,फरक क्षमताका बिद्यार्थीहरुलाई स्नातक तहमा ल्यापटप खरिदमा ४० प्रतिशत नगरपालिकाबाट ब्यहोर्ने बताईएको छ । यस्तै टिक्कर बुडढी धनकौली दुईलेन सडक ,बुडढी तालको सौन्दर्यीकरण तथा थारु संग्रहालय निर्माण तथा सहलगानीमका रुपमा प्रस्ताब गरिएको रिङरोडका २ वटा मोटरेवल पुललाई गौरवका आयोजनाका रुपमा परित गरिएको छ । 


प्रकाशित : २१ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६