अर्थ-वाणिज्य

जवाफदेहिता सहितको सेवा र मापदण्ड अनुरुपका सुविधामा नो कम्प्रोमाइज: उपमेयर अर्याल



कपिलवस्तु २१ असार।    बाणगंगा नगरवाट जवाफदेहिता सहितको सेवा र मापदण्ड अनुरुपका सुविधामा कहिकतै कमि नरहेको उपमेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । वाणगंगा नगरपालिका वडा नं २ को आयोजना तथा वुद्धदर्पण दैनिकको प्राविधिक सहयोगमा वडा नं २ को कार्यालय पिपरामा  भएको सार्वजनिक सुनुवाईमा वोल्दै यस्तो वताउनु भएको हो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले  नगरबाट प्रवाह हुने सेवा छिटो छरितो हुने बताउनु भयो । कुनै पनि कामका लागि सेवाग्राहिले झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनु भयो ।  नगर भित्रका सबै नागरिकलाई न्याय दिने गरि न्यायिक समितिले काम गर्ने गरेको समेत उहाँले  बताउनु भयो । वाणगंगा नगरभित्रका विषयगत कार्यालयले जवाफदेहि बनेर सेवाग्राहिलाई सेवा प्रदान गर्नु पर्ने उपमेयर अर्यालले बताउनु भयो ।   

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले नगरपालिकाबाट प्रवाह हुने सेवा पारदर्शि र जवाफदेहि हुने बताउनु भयो । नियतबस सेवाग्राहीलाई काममा झन्झट दिएमा कुनै पनि कर्मचारीलाई छुट नहुने उहाँले तर्क गर्नु भयो । सबैको साथ र सहयोगले नगरलाई समृद्ध नगर बनाइने उहाँले बताउनु भयो । कार्यक्रममा उपस्थित सहभागिहरुले  प्रयाप्त मात्रामा विउपल पाउनु पर्ने , शुद्ध खानेपानीको व्यवस्था , फोहोर व्यवस्थापन  , ढल निकास , लक्षित वर्गको वजेटलाई  सहिसदुपयोग हुनु पर्ने , छाडाचौपायको व्यवस्थापन हुनु पर्ने , विकास निमार्णमा सबैलाई सहभागि गराईनु पर्ने लगायतका धारणा राखेका थिए । वडाले २०७७/७८ मा गरेका क्रियाकलाप सेवा प्रवाहहरुको बारेमा जवाफदेखि निकाय र सेवाग्राहि विच खुलेर छलफल गरिएको थियो ।  


 कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडालाई सुन्दर वडाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।  हाल सम्म वडामा २१ किलो मिटर कालोपत्रे भएको , १२ किलो मिटर सडक ग्राभेल भएको , ५ किलो मिटर नाली निमार्ण , अत्याधुनिक प्रशासनिक भवन निमार्ण भएको नगरका प्रवक्ता समेत रहनु भएका पौडेलले बताउनु भयो । वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेको सहजिकरणमा भएको  कार्यक्रममा  वडावासीको सक्रिय सहभागिता रहेको थियो । नगरबाट प्रदान हुने सेवालाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । 


प्रकाशित : २१ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६