अर्थ-वाणिज्य

कपिलवस्तुले गरयो नयाँ अभियानको थालनी : छ सहकारी मर्जरपछि बन्यो सिनर्जी बहुउद्धेशिय सहकारी



कपिलवस्तु २२ असार सहकारीले स्थानियको जिवन स्तर माथि उठाउनु पर्ने बताउनु भएको छ  । सहकारीको उद्देश्य र मर्म अनुसार सहकारी चल्नु पर्ने वाणगंगा नगरपालिकाका  मेयर थारुले  बताउनु भयो ।  नेपाल सरकारले स्वः स्फूर्त रुपमा सहकारीहरुलाई एकीकरणका लागि आह्वान गरेको परिवेशमा कपिलवस्तुमा ६ वटा सहकारी मर्ज गरिएको  परिबेशमा मंगलवार ४ नं जितपुरमा  घोषणा समारोहमा उक्त कुरा बताउनु भएको हो  । सहकारीले चर्को ब्याजदर लिन नहुने , न्युन ब्याजदर लगाउनु पर्ने समेत उहाँले  जोड दिनु भयो ।

मर्जरको निर्णय न.पा.वाट :

घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले बिपन्न जनताको जिवन स्तर उकास्न लघु उद्यम र उत्पादन मुलक व्यवसायमा सहकारीले लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले सहकारीले जनताको आर्थिक पाटोलाई राम्रो बताउनु पर्ने बताउनु भयो । नगरले कानुन निमार्ण गरि नियमावली र  कार्यविधि बनाएर नगर सभाबाट पारित गरि ६ वटा सहकारीलाई समायोजन गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले सहकारीले योजना अनुसार शेयर सदस्यहरुको अपनत्व हुने गरि काम गर्नु पर्ने बताउनु भयो । 

पुँजीलाई उपलब्धिमूलक परिचालन गर्न :

सहकारी क्षेत्र बित्तीय क्षेत्रको राष्ट्रको तीन खब्बे अर्थ नीतिको एक अभिन्न अंङ्ग बन्न पुगेको परिवेशमा सहकारीहरुलाई उत्पादन र सदस्यमूखी भई कार्य सम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरी ब्यवस्थापकीय जटिलता र लागतलाई मितब्ययी बनाउन, पुँजीलाई उपलब्धिमूलक रुपमा परिचालन गर्न नेपाल सरकार एवम् स्थानीय तहको नीति निर्देशन अनुसार एकीकरण प्रक्रियामा जान सहकारीलाई मर्च गरिएको हो ।  विशेषत कृषि, कृषिजन्य उद्यम, बजार प्रवर्धन, उद्यमशीलता विकास, रोजगार प्रवर्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवर्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरु बीच एकीकरण गर्ने विषयलाई उच्च महत्वका साथ आगाडी बढाउदै  एकीकरणको कार्यभार पहिलो चरणमा पुराभएको हो ।

कीकृत सहकारीको रुपमा सिनर्जी :
 सहकारी अभियान मार्फत योगदान पु¥याउने हेतुले २०६१ सालमा स्थापना भएको श्री कृषि बहुद्देश्यीय सहकारी संस्था लि. वोडगाउँ, २०६३ सालमा स्थापित सिनर्जी सहकारी संस्था लि. बनगाई, २०६३ सालमा स्थापित घरघरमा बचत तथा ऋण सहकारी संस्था लि. बोडगाउँ, २०६५ सालमा स्थापित बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. चप्परगाउँ, २०६९ सालमा स्थापित श्री अभियान कृषि सहकारी संस्था लि. भड्डीहवा, २०७१ सालमा स्थापित उज्जवल महिला कृषि  सहकारी संस्था लि., बोडगाउँका बीच एकीकरण कार्यले वैधानिकता प्राप्त गर्दै एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्सिीय सहकारी संस्था लि. को स्थापना भई संयुक्त कारोवार शुभारम्भ गरिने भएकोहो। 

संयुक्त कार्यदल गठन :

कार्यक्रममा समायोजनको उद्देश्य बारे संस्थाका सल्लाहकार गुणानिधि भुषालले सहकारीको भावी रणनिति र सुचना प्रविधिको बारेमा सुचना तथा प्रविधि उपसमिति संयोजक राम शुभागी थारुले बताउनु भएको थियो । त्यस्तै सहकारीका सल्लाहकार गिता अर्यालले मर्च भएका सबै सहकारीलाई  अपनत्व हुने गरि अगाडि बढाउनु पर्ने बताउनु भयो । सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले  २८ भाद्र २०७७ मा संयुक्त कार्यदल गठन गरी औपचारीक रुपमा कार्य अगाडि बढाएर    १५ असार २०७८ मा बाणगंङगा नगरपालिकाबाट एकीकृत सहकारीको रुपमा  सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. ले कानूनी वैधता प्राप्त गरी नगरपालिकाको कार्यविधि अनुरुप  घोषणा तथा कारोबारको शुभारम्भ गरिएको बताउनु भयो । 

 बहुउद्येश्यीय सहकारी  बहुमुखी कार्य :

ऐतिहासिक क्षणमा  कपिलवस्तुको सहकारी अभियानमा महत्वपूर्ण जिम्मेवारी पुरा गर्नका निम्ति एकीकरण प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रुपमा भूमिका निर्वाह गर्नुहुनेलाई विशेष स्मरण गर्न चाहान्छु , अध्यक्ष बेल्बासेले भन्नु भयो । सहकारीले  दीर्घकालिन रणनैतिक योजना, पञ्च वर्षिय व्यवसायिक योजना र त्यसका आधारमा तय गरिने बार्षिक बजेट तथा कार्यक्रमका आधारमा सहकारीलाई स्पष्ट दिशा निर्दिष्ट गर्दै अगाडि बढ्ने छ ।  संस्थाका उद्देश्य विशेषत कृषि, कृषिजन्य उद्यम, सहकारी बजार प्रवर्धन, उद्यमशीलताको विकास, रोजगार प्रवर्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवर्धन गर्ने विषय संस्थाका आगामी उद्देश्यका रुपमा तय गरिएको  उहाँले बताउनु भयो । 

नगरका सबै वडाहरुमा सेवाकेन्द्र विस्तार :

सेवाहरुलाई प्रभावकारी बनाउन  हाल रहेको बनगाई, बोडगाउँ, ओदारी सेवा केन्द्रको स्तरवृद्धि गर्दै  वाणगंङ्गा नगरपालिका अन्तरगत प्रगतिनगर, भलवाड, बैदौलीमा तत्काल सेवा केन्द्र मार्फत कार्य प्रारम्भ गर्दै आवश्यकताको आधारमा नगरका सबै वडाहरुमा सेवा केन्द्र विस्तार गर्ने नीति लिइएको छ । हाल बोडगाउँमा रहेको सहकारी बजारलाई स्तर उन्नती गर्दै आवश्यकताको आधारमा नगरका अन्य क्षेत्रमा पनि सहकारी बजारलाई विस्तार गरिनेछ।स्थानीय तह, प्रदेश सरकार र संघसँग साझेदारी कार्यक्रम मार्फत सहकार्यगर्दै निरन्तर अगाडि बढने नीति लिएकोछ ।                   ८ हजार शेयर सदस्य :

बाणगंङ्गा नगरपालिकाका सबै घरधुरिलाई सिनर्जी बहुउद्देश्सीय सहकारीको सदस्य बन्नका निम्ति यसै घोषण सभा मार्फत विशेष अपिल गर्दै सहकारी मर्जरको प्रक्रियालाई निरन्तर प्रयत्न गरिने छ  । हाल रहेका ८ हजार शेयर सदस्यलाई वृद्धि गर्दै ५ वर्षमा २५ हजार शेयर सदस्य र २० वर्ष भित्र १ लाख ५० हजार शेयर सदस्यको संख्या पु¥याउनका निम्ति कार्यक्षेत्रलाई कपिलवस्तु जिल्लासंगै लुम्बिनी प्रदेशका सबै जिल्लामा सेवा विस्तारको योजना निर्माणको नीति अवलम्बन गरिनेछ ।  

१ करोड सिमाको कर्जा :

परियोजनाका निम्ति प्रदान गर्दै आएको १ करोड सिमाको कर्जालाई निरन्तरता दिंदै हाल परिचालन ५४ करोड कर्जालाई वृद्धि गरी आ.व. २०७८/७९ मा ७० करोड कर्जा परिचालन गरिने छ । । पुँजी वृद्धिका निम्ति हाल रहेको १० करोड १७ लाख शेयर पुँजी विस्तार गर्दै आगामी आवमै २० करोड शेयर पुँजी पु¥याइनेछ । त्यस्तै हाल रहेको ४२ करोड निक्षेपलाई आगामी आवमा ५५ करोड पु¥याइनेछ । संस्थागत कोषहरु अन्तरगर्तको ६ करोड ३९ लाखलाई वृद्धि गरी आगामी आवमा ८ करोड पु¥याइनेछ । हालको संस्थाको कुल सम्पत्ति ६८करोडलाई वृद्धिगरी आगामी आवमा ९० करोड पु¥याइनेछ। 

सामूहिक नेतृत्व प्रणाली :

राज्यका सहकारी मापदण्डलाई पूर्णरुपमा कार्यान्वयनमा प्रतिवद्ध रहदै समय सापेक्ष  सेवालाई विधि, प्रक्रिया, पारदर्शिता तथा जवाफदेहिता मार्फत आफ्ना सदस्यको विश्वास जित्ने अपेक्षा गरिएको छ ।   फरक फरक कार्य, अनुभवको आधारमा परिवर्तित समयसंगै संस्थालाई अझ गतिशील र प्रभावकारी बनाउन सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्दै अगाडि बढ्ने बताइएको ।  

प्रकाशित : २२ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६