कपिलवस्तु २३ असार । नेकपा एमालेका अध्यक्ष झविलाल पोखरेलले अब निकट भविष्यमा हुने जिल्ला अधिवेशनमा आफुले अध्यक्षमा दाबी नगर्ने घोषणा गर्नु भएको छ । आज युवा सघंका जिल्ला नेता कुलराज शर्मा कृष्णको नवौ पुण्यतिथीमा उहा प्रति श्रद्धान्जली अर्पण गर्न आयोजित शोक सभामा यस्तो घोषण गर्नुभएको हो । अध्यक्ष पोखरेलले अबको महाधिवेशनबाट केपि शर्मा ओली, माधव नेपाल र बामदेव गौतमले समेत अध्यक्षमा दाबी गर्न नहुने उहाले स्पष्ट पार्नुभयो ।
सोही शोक सभामा बोल्दै एमाले युव नेता एवम प्रदेश सांसद विष्णु पन्थीले सरकारले तेश्रो चरणको कोरोना संक्रमण विरुद्ध पुर्व तयारी प्रयाप्त रुपमा गरेको दाबी गर्नुभयो । एमालेका वडा अधयक्ष खगेन्द्र घिमिरेको अध्यक्षतामा भएको शोक सभामा एमालेका जिल्ला सहसंयोजक डम्मरशर्माले शोक मन्तव्य राख्दै अब एमालेमा उच्चस्तरको सहमतिबाट उर्जावान भएर कृयाशिल हुने स्थिती बनेको बताउनुभयो ।
शोक सभामा परिवारको तर्फबाट राष्टिय अपांग महासघंका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले आफ्नो भाईको मृत्युले परिवारमा परेको बज्रपातको बेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहानुभुति दिनुहुने सबै पति धन्यवाद ज्ञापन दिनुभयो । शोक सभामा ढाकाराम अधिकारीले जिवनी प्रस्तुत गर्नुका साथै युवा संघका स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीले स्वर्गिय शर्माको योगदानको चर्चा गर्नुभएको थियो । शोक सभामा एमाले बाणगंगाका अध्यक्ष युवराज पोख्रेल, कपिलबस्तु नगरपालिका अधयक्ष भेषराज पाण्डे सहितका नेता कार्याकर्ताको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया