पर्यटन

कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा : मन्त्री श्रेष्ठको कपिलवस्तुवासीलाई बधाई



कपिलवस्तु २३ असार । खोपको पुहच पुगे पछि कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि पुर्ण खोप घोषणा गरिएको हो । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पुर्ण खोप हुन घोषणा भएको होे । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रासद श्रेष्ठले राष्ट्रिय खोपको तालिका अनुसार सबै बालबालिकाहरु खोपको पहुचमा पुगेको ब्यानर पढदै त्यसमा हस्ताक्षर गरी कपिलवस्तुलाई पुर्ण खोप जिल्ला भएको घोषणा गरेका थिए ।

 सो अवसरमा मन्त्री श्रेष्ठले पछी परेको कपिलवस्तु पुर्ण खोप जिल्ला भएकोमा बधाई दिदै जिल्लाको स्वास्थ्य क्षेत्रमा यो ठुलो उपलबधी भएको बताए । उनले धेरै क्षेत्रमा पछि परेको कपिलवस्तु नया संरचना अनुसार सरकारहरु गठन भए पछि बिस्तारै विकासले गति लिन सूरु गरेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । सो अवसरमा प्रदेश सांसद बिष्णु पन्थीले लामो कसरत पछि कपिलवस्तु पुर्ण खोप घोषणा भएकोमा जिल्लाबासीलाई बधाई दिए । स्वास्थ्य क्षेत्रमा कपिलवस्तुकालागि यो ठुलो उपलब्धी रहेको उनले बताए । 


कार्यक्रममा प्रदेश पुर्ण खोप समन्वय समितिका संयोेजक विकास देवकोटा, प्रजिअ चक्रपाणी पाण्डेय, बाणगंगा नगरपालिका मेयर मंगल प्रासद थारु, स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय लगातयले मन्तब्य दिएका थिए । बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताए । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ । य

स्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद दनालको अध्क्षता र खोप अधिकृत चिन्तामणि ज्ञवालीको संचालनमा भएको थियो । 

प्रकाशित : २३ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६