अर्थ-वाणिज्य

नेपाल कै दोश्रो लामो पुलमा क्षेती :सम्पन्न भएको छ महिना नपग्दै भत्कियो



दाङ २४असार। नेपाल कै दोस्रो लामो पुल महदेवा सिसहनियाँ पुलमा क्षति पुगेको छ । लगातार परेको वर्षाले गढवाको महदेवा क्षेत्र तिर पुलको पुर्वी भागमा क्षति पुर्‍याएको हो । बर्षादले गर्दा पुल भत्किन पनि सुरु गरेको छ । दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिका जोड्ने पुल निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भत्किन सुरु गरेको हो ।

दक्षिण क्षेत्रमा अवस्थित चुरे पहाडबाट राप्ती नदिमा झर्ने मन्द्रेनी खोलाको पानी, पचाह, जेठान गाउँ र कोठरी गाउँको झरना बगेर आउने खौराह खोलाको पानीको बेगले राप्ती नदीको पुलमा क्षति पु¥याएको गढवा गाउँपालिका वडा नं २ महदेवाका पुरुषोत्तम शर्माले बताए ।‘बुधवार बिहान ६ बजे देखि परेको अबिरल वर्षातका कारण खहरे खोलामा बाढी आयो र खहरे खोलाको तिब्र बेगका कारण बिहान ९र१० बजे तिर नवनिर्मित पुलमा नोक्सानी ग¥यो’ शर्माले भने ।

पुलको लम्बाई ८ सय ६५ मिटर र साढे ७ मिटर चौडाई रहेको छ । यो पुल ९२ करोड ६६ लाखमा निर्माण सम्पन्न भएको हो ।पुलको शिलान्यास २०७३ साल मंसिर २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गरेका थिए भने २०७७ असारमा सम्पन्न भएको पुलको उक्त पुलको ७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।पुलको पुर्वी भागबाट भएर बग्ने खहरे खोलाले कटान गरिरहेको छ ।

पुल भत्किए पछि आवतजावतमा रोक लगाइएको छ । राप्ती नदिको पुल भत्किएको सुचना पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, प्रहरी प्रमुख सुरेश प्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धानका प्रमुख अर्जुन भण्डारी त्यहाँ पुगेर निरीक्षण गरेका छन् ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६