अर्थ-वाणिज्य

म देउखुरी आएर बसेपछि सबै मन्त्रालय स्थानान्तरमा ढिला हुदैन :मन्त्री रिजाल



दाङ२४असार ।  लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले म देउखुरीमा आएर बस्नु भनेको सबै मन्त्रालय देउखुरीमा छिटै स्थानान्तरण हुदैछन् भन्ने सन्देश हो भन्नु भएको छ । उहाले  पुराना भवनको ब्यवस्थापन गरेर ,नयाँ बनाएर वा भवन भाडामा लिएर  जसरी पनि  प्रदेशको हिउँदे अधिवेसन सम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताउनु भयो  । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुवात गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको, स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालयहरु छिट्टै देउखुरी आउने विश्वास व्यक्त गर्नु भयो । 

सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामिण तथा शहरी विकास मन्त्रालयको भएकाले हामी यहाँ आएर कामको शुरुवात गरेका छौ, केहिदिन भित्रै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौ”– मन्त्री रिजालले भन्नु भयो ।

राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेका र देउखुरी प्राकृतिक हिसाबले पनि राजधानीको लागि उत्तम रहेको मन्त्री रिजालको ठहर छ । मन्त्रालयले पहिलो चरणमा राजधानीसंग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसंग सम्बन्धित सबै कार्यालयहरु स्थापना गरेर नयाँ जोसका साथ निर्वाचनमा जाने उहाको भनाइ थियो ।

बुधबार राप्ती उपत्यका देउखुरीबाट ग्रामीण तथा शहरी विकास मन्त्रालयले औपचारिक रुपमा कामकाज सुरु गरेको छ । प्रदेश स्थायी राजधानीमा स्थापना हुने यो पहिलो मन्त्रालय हो । ग्रामिण तथा शहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाई स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रर्वद्धन तथा विकाससंग सम्बन्धित रहेर कार्य गर्ने मन्त्री रिजालले जानकारी दिनु भयो  । पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण मन्त्रीका स्वकीय सचिव बिनोद भण्डारीले गर्र्नु भएको थियो ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६