अर्थ-वाणिज्य

कोभिड संक्रमित बढेपछि अस्पताल भरीन थाले



रुपन्देही २४ असार । कोभिडको संक्रमण एकाएक बढ्न थालेपछि बुटवल स्थित प्रादेशीक अस्पताल भरिन थालेको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै बढेको लापरबाहीले रुपन्देहीमा कोरोना संक्रमण दर पनि बढाएको छ। बितेका केही साता संक्रमणदर स्थीर रहेर ओरालो लाग्न थालेकै समयमा निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमणदर अरु बढेको हो।  संक्रमण परीक्षण गराउने र संक्रमण पुष्टि भएर अस्पताल हुनेको संख्या बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या बढेको वताउनु भयो ।   बिहीबार दिउसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २१ जना बिरामी भर्ना भएका छन्। कोभिडका मात्रै ४७ जना बिरामी अस्पतालमा उपचाररत छन्।  

‘केही दिन अघि ५र७ जना मात्र थिए। अहिले २१ जना पुगे। इमरजेन्सीमा यसरी बढ्नु भनेको संक्रमण फेरि फैलिएको संकेत हो’ डा पाठकले भन्नु भयो  कोभिडका लागि अस्पतालले २१ वटा बेड छुट्याएको छ। यस्तै अस्पतालमा बिहीबारसम्म आइसियुमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी छन्।  उहाले बिरामी थपिने दर बढेकाले अरु थप बेडमा भर्ना गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।  उहाका अनुसार अधिकांश संक्रमितहरु पसलका व्यापारीहरु छन्। निषेधाज्ञा खुकुलो भएर बजार खुल्दा व्यापारी र उपभोक्ताबीच आपसमा संक्रमण फैलिएको हुनसक्ने डा पाठकको भनाई छ। 

प्रकाशित : २४ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६