कपिलवस्तु २४ असार । वित्तिय सस्थाको दवाव थेग्न ब्यावसायीलाई मुस्किल पर्दै गएको भन्दै राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले वित्तिय सस्थालाई संयमित हुन आग्रह गरेको छ । संगठनले कोरोना महामारीको बिषयम परिस्थितीबाट ब्यवसायहरुलाई बिस्थापित हुनबाट बचाउन बैंक तथा बित्तिय संस्था र तिन तहका सरकारहरुले आवश्यक सहयोग गर्नुपर्ने नेपाल अपिल गरेको छ । बिहीबार एक बिज्ञप्ती निकाल्दै कपिलवस्तु शाखाले यस्तो जटिल परिस्थितीमा बैंक तथा बित्तिय संस्था र प्रशासनबाट अनावश्यक दबाब सिर्जना गरिएको भन्ने सुन्नमा आएको भन्दै आफ्नो गम्भिर ध्यान आकृष्ट भएको जनाएको छ ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुका अध्यक्ष हुमानाथ पौडेल र महासचिब खिमानन्द पौडेल कपिलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको हामी बिना दबाब र प्रभाब ब्यवसायिक बातावरण सिर्जना गर्न सम्बन्धित सबैलाई आआफ्नो तर्फबाट सहयोगको अपेक्षा सहित अनुरोध गर्न चाहान्छौ छ । यस्तै बिज्ञप्ती मार्फत सम्पूर्ण ब्यवसायिहरुलाई स्वास्थका मापदण्डको पालना गरेर मात्र ब्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया