बिजनेस

एक अर्वको जलहरी खरिद प्रक्रियाबारे अख्तियारको छानबिन शुरु



काठमाडौं, २५ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे छानबिन शुरु गरेको छ ।
गएको फागुन ११ गते विरोधकाबीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन शुरु गरेको हो । सरकारको ३० करोड सहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको थियो जुन अहिले विचाराधीन छ ।

वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर फागुन ११ गते रिट निवेदन दायर गरेका हुन् । गत फागुनमा राखेको सुनको जलहरीमा क्षति पुगेपछि रातारात मर्मत गर्न लागेको स्थानीयले आरोप लगाएका थिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि जलहरी खरीद प्रक्रियामा अख्तियारले चासो देखाएको स्वीकार गरेका छन् । डा. ढकालले यो दुई सरकारी कार्यालयबीचको नियमित प्रक्रिया रहेको भन्दै अनियमितताको आरोपमा छानबिन नगरेको बताए । कुनै पनि खरीद प्रक्रिया कसरी भयो भनेर बुझ्नु अनौठो विषय नरहेको भन्दै ढकालले ‘सुनको जलहरीको खरीद प्रक्रियाको बारेमा पनि अख्तियारले सामान्य सोधपुछ गरेको हो, उहाँहरुले त्यो खरीद प्रक्रिया कस्तो रहेछ भनेर चासो दिनु भएको हो 

प्रकाशित : २५ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६