अर्थ-वाणिज्य

कोभिसिल्डको दोश्रो डोज नपाएका १४ लाख मध्ये लुम्विनीमा कति छन् ?



रुपन्देही २६ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कले सातवटा प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका मध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् । ।पहिलो मात्रा लगाएको ४ महिना पुगेपनि  १४ लाख जनसंख्याले दोश्रो डोज पाएको छैन । त्यसरी दोश्रो डोज नपाउनेमा लुम्बिनी प्रदेशमा करिब दुई लाख रहेको बताएको छ ।

तथ्याङ्क अनुसार प्रदेशमा लुम्बिनी प्रदेशका दुई लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । एक लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।सरकारले समयमा नै खोप नल्याएका कारण पहिलो मात्रा लगाएको चार महिना पुग्दा समेत त्यती ठूलो संख्यामा खोप लगाउन नपाएका हुन् ।

सरकारले शुरु गरेको कोराना विरुद्ध  देशभर शुरु गरेको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लगाउनेमा बागमती प्रदेश अगाडि रहेको छ भने कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहको छ ।बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् भने कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् ।

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६