अर्थ-वाणिज्य

बुद्धभूमीमा कुमाललाई खोर र चुलो, किसानलाई दुधमा अनुदान



कपिलवस्तु २६ असार । बुद्धभुमी नगरपालिकाले गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ । बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जना किसानलाई एक लाख चौबिस हजार  रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरे अनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरिले दिएको रिपोर्टका आधारमा सो रकम बितरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो । नगरपालिकाले आ.व.०७७÷०७८का लागि चार लाख बिनियोजन गरेको थियो ।

यसैविचे वडा न ४ को कुमाल टोलमा कुमाल समुदायको आर्थिक अवस्था सुधारका लागि कुखुरा खोर र सुधारिएको चुलो बितरण गरेको छ । मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत समुदायका २० घर परिवारलाई बितरण गरिएको हो । प्रत्येक घर ९ वटा कुखुरा , १ खोर र १ थान सुधारिएको चुलो बितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । ५ लाखको कुल लागतमा उक्त बितरण कार्य गरिएको हो । समुदायको आर्थिक अवस्था सुधार गर्न बितरण गरिएको नगर प्रमुख केशव श्रेष्ठले बताउनु भयो । यो समुदाय अन्य समुदाय भन्दा बन्चितिकरणमा परेको समुदाय भएकोले उनिहरुलाइ हरेक बर्ष विभिन्न कार्यक्रम मार्फत सहयोग गरिएको उहाँले बताउनु भयो ।

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६