प्रदेश

घोराहीको काइदा : हरेक घर पसललाई फाइदै फाईदा



दाङ २६ असार । दाङको घोराही उपमहानगरपालिकाले  अपनाएको काइदाले हरेक घर पसललाई फाइदा पुगेको छ। उपमहानगरले घर घरबाट फोहर किन्न थालेपछि फाइदा भएको हो । एकातिर सफा सुग्घर बन्न सघाउने अर्काे तर्फ रकम पाइने यसलाई फाइदै फाइदा नभनेर के भन्ने ? गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो ।

गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पु¥याएको घोराही उपमहानगरपालिकाले जनाएको छ । फोहर सङ्कलनबारे केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले शुक्रवारदेखि नागरिकहरुको घरमै पुगेर फोहर खरिद गर्न थालेको छ । 

घोराही उपमहानगरपालिका वडा न १४ नयाँ बसपार्कबाट नगर प्रमुख नरुलाल चौधरी, सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, नगरका प्रवक्ता भरत अर्याल, शाखा प्रमुख लक्ष्मण अधिकारीको उपस्थितिमा फोहर किनेर अभियानको थालनी गर्नु भएको छ । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति किलो ५ रुपैयाँ, सूर्ती जन्य प्लाष्टिकको फोहर प्रति किलो २ रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने दर कायम गरिएको छ । 

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६