अर्थ-वाणिज्य

कपिलवस्तुका अति विपन्न ५० परिवारलाई बुहारीको राहत



कपिलवस्तु २७ असार। महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्धको हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले राहत बितरण गरिएकोछ । जिल्लाका बाणगंगा नगरपालीका, बुद्धभुमी नगरपालिका, मायादेबी गाउपालीका लगायतका पालिकाभित्र रहेका अति बिपन्न, एकल महिला, गर्भवती, सुत्केरी, अपाङ्ग गरी ५० घर परिवारलाई खाद्यान्न बितरण गरेको हो । 

आवाजले कोरोनाको कहरको समयमा आफ्नो सानो सहयोगले गरिब तथा अति बिपन्नहरुको घरमा चुलो बलोस भन्ने उद्देश्यले राहत बितरण कार्यक्रमको आयोजना गरेको हो ।मेचीमहाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक चन्द्रा अर्याल र सह संयोजक दिना सुवेदी ९कमाल०ले महिला तथा बालबालीकाको सेवामा मात्रै नलागेर समाजमा हुने हिंसा न्यूनीकरण तथा गरिव दुखिको पिडामा मलम लगाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

यस्तै उहाँले यो आवाजले दुखी, गरिब, अपांग, असहायहरुको आवाजको आवाज बोल्ने स्पष्ट पार्नुभयो ।बिगतका दिनमा आवाजले दुखी गरीबको परिवारमा घाउमा मलम लगाउदै आएको र आगामी दिनमा पनि हरपल तत्पर रहने बताउदै आएको छ । संयुक्त आवाज परिवारले खाद्यान्न, नगद सहयोग गर्नै सहयोगी हातहरू तथा बिभिन्न संघ संस्था साथै सामाजिक ब्यक्तीत्वहरुलाइ हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।

कार्यक्रममा प्रदेश संयोजक लता खड्का, उपाध्यक्ष सुष्मा खाण , सचिव अन्जु बन्जाडे,आवाजका सह सचिव साथै राहत सङ्कलन तथा बितरण संयोजक अन्जु अधिकारीका साथै प्रेस सल्लाहकार भगवती न्यौपानेको सहभागिता रहेको थियो । 

प्रकाशित : २७ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६