अर्थ-वाणिज्य

राज्यमन्त्री रायमाझीको राजनीनामा मुख्यमन्त्री समक्ष पेश नै नभएको दावि



रुपन्देही २८ असार । लुम्विनी प्रदेशकी राज्यमन्त्री सुमन रायमाझीको राजनीनामा मुख्यमन्त्री शंकर पोखरेल समक्ष पेश नै नभएको दावि गरिएको छ । मुख्यमन्त्रीमा पोखरेललाई समर्थन जनाउदै  पहिलो पटक बैशाख ६ गते र दोश्रोपटक बैशाख १९ राज्यमन्त्री नियुक्त भएकी थिईन्।रायमाझीले आफु संगै मन्त्री भएका जनता समाजवादी पार्टीका तिनजना नेतालाई फुल मन्त्री दिएर आफुलाई मात्र राज्यमन्त्री दिएको भन्दै असन्तुष्टी जनाउदै आएकी थिईन्।

प्रदेश सभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीलाई बिभाजन गरेर उक्त पार्टीका ४ जनालाई मन्त्रीपरिषदमा समावेश गरिएको थियो । मुख्यमन्त्री पोखरेलले सभासद सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डेलाई उद्योग मन्त्री, विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सुमन शर्मा रायमाझीलाई भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री दिएका थिए।

राज्यमन्त्री रायमाझीले भने दुईमहिना नवित्दै शुक्रवार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजिनामा दिएको जानकारी सञ्चारमाध्यमहरुलाई गराएकी थिईन।रायमाझीले सरकारलाई आफ्नो पार्टी जनता समाजवादी पार्टी नेपालको समर्थन नरहेको र पार्टीको समर्थन र सहयोग बिना आफु प्रदेश सरकारमा सहभागि हुन नसक्ने भएकोले संविधानको धारा १६९ को २ (क) बमोजिम असार १८ गते शुक्रवारदेखि नै लागु हुने गरि राज्यमन्त्री पदबाट राजिनामा दिएको समाचार सार्वजनिक भएको थियो।

तर उनले बुझाएको भनिएको राजिनामा पत्र अहिले सम्म मुख्यमन्त्री समक्ष पुगेर स्वीकृत भएको सार्वजनिक भएको छैन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले भने आफ्नो वेभसाईटबाट राज्यमन्त्री रायमाझीको नाम हटाईसकेको छ ।मन्त्री पदबाट राजिनामा दिए संगै रायमाझीले मन्त्रीका रुपमा लिएको गाडि, सुरक्षागार्ड,निवास छोडि सकेकी छन्। भने प्रदेशसभाको बैठकमा उनी प्रतिपक्षको रोहमा बसेकी छन्।लुम्विनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले राज्यमन्त्री रायमाझीको राजिनामाको हल्ला आफुलेपनि सन्चार माध्यमबाट थाह पाएको तर राजिनाम पत्र बारे मन्त्रिपरिषदमा कुनै जानकारी नआएको बताए।

यता बिपक्षी गठबन्धनले भने मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा बहुमत गुमाएकाले अवैधानिक भएको विपक्षी गठबन्धनले बताउँदै आएको छ। लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद रहेकोमा सरकार संचालनको लागि बहुमत सदस्य ४२ जनाको समर्थन आवश्यक पर्छ।नेकपा एमालेका कुल ४१ जना सदस्य निर्वाचित रहेको लुम्बिनी प्रदेशसभामा दुई जनाको राजीनामा आएको छ भने दाङबाट निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेपछि ३८ जनामा सिमित भएको छ ।

६ जना सांसद रहेको जनता समाजवादी पार्टीका चारजना सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि ४२ जना सांसदका साथमा मुख्यमन्त्री पोखरेलले दोस्रो पटक सरकारको नेतृत्व गरेका थिए।यता राजपा अलग पाटी बन्ने देखिएकोले ३ सांसद राजपाको पक्षमा लाग्ने र विमला ओलीको एमालेले गरेको कारवाही अनुसार पदमुक्त हुदा एमाले राजपा गठबन्धन फेरीपनि वहुमतमा रहने मुख्यमन्त्री समुहको आकलन छ । 

तर गत असार १८ गते जनता समाजवादी पार्टीबाट भौतिक पुर्वाधार विकास राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल पुनः अल्पमतमा परेको विपक्षी गठबन्धनको दावी छ।विपक्षी गठबन्धनले आफ्नो पक्षमा नेपाली कांग्रेसका १९, समाभुख सहित माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ तथा एमालेकी वली गरी ४२ जना सांसद रहेको दावी गरेको छ।कुल ८७ जना सांसद निर्वाचित रहेको लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दधिराम शर्मा न्यौपाने र दिनेश पन्थीले एमाले रोजेपछि माओवादी केन्द्रले पदमुक्त गरेको थियो।

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६