कपिलवस्तु २८ असार । नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताउनु भएको छ ।सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको विषयमा प्रतिकृया दिदै सभापति आर्चायले अदालतले लोकतन्त्र जोगायो ,न्यायालय स्वतन्त्र छ भन्ने पुनरपुष्टि भएको छ भन्नु भयो । जनताको पक्षमा काम गर्ने नेपाली कागे्रंस सधै लोकतन्त्रमा विश्वास राख्ने समेत आर्चायले बताउनु भयो । संविधान संरक्षण गर्ने काम पनि नेपाली कागे्रंसको रहेको उहाले दावि गर्नु भयो ।
यता नेविसंघका पूर्व सहमहामन्त्री एवम कांग्रेसका यूवा नेता राजेश ज्ञवालीले विज्ञप्ती जारी गर्दै फैसलाको स्वागत गर्नु भएको छ । उहाले कोरोना विरुद्धको लडाई र आर्थिक विकासको महानयात्रा अव प्रधानमन्त्री शेर वहादुर देउवाको नेतृत्वमा अघि बढ्ने भन्दै खुशी ब्यक्त गर्नु भएको छ । शेर वहादुर देउवाले सबै दललाई समेटेर मजवुत सरकार दिने र त्यसले वाँकी अवधी ढुक्कसंग काम गर्ने उहाको विश्वास छ । ज्ञवाली लुम्विनी विकास कोषका बोर्ड सदस्य समेत रहनु भएको छ ।
प्रतिक्रिया