कपिलवस्तु ३० असार ।वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरका महिलाहरुलई सिप दिई आत्मनिर्भर बनाउदै लगिएको बताउनु भएको छ । मंगलवार वडा नं ४ को आयोजनामा बिपी स्मृति भवन गजेहडामा बिपन्न तथा एकल महिलाका लागि राखेको एक १५ दिने ज्याकेट बनाउने तालिमको समापनका अवसरमा मेयर थारुले यस्तो बताउनु भएको हो । वडा नं ४ ले फरक र नयाँपनका कार्यक्रम ल्याएर महिलाहरुलाई आत्मनिर्भर बनाउदै लगेको बताउनु भयो ।
महिलाले उत्पादन गरेका सामग्रीलाई बजारीकरणमा सहयोग पुर्याउने समेत मेयर थारुले बताउनु भयो । कार्यक्रममा वडा नं ४ का अध्यक्ष गणेश वहादुर क्षेत्रीले महिलाहरु सिप सिकि व्यवसायिक उद्देमी बन्नु पर्ने बताउनु भयो । सिप सिकि आत्मनिर्भर बन्दा महिला माथि हुने हिंसा समेत कम हुने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
वडाले बिपन्न,एकल महिलाहरुलाई आर्थिक रुपले शसक्त बनाउन सिलाई सिकेका महिलाहरुलाई ज्याकेट बनाउने तालिम दिएको बताउनु भयो । महिलाहरुलाई सक्षम बनाउन चुरा पोते , डल , ब्युटिपार्लर , सिलाईकटाई , जुत्ता चप्पल बनाउने सिप प्रदान गरिएको उहाँले जनाउनु भयो । वडा सदस्य इन्दीरा पन्तले वडाले महिलाहरुलाई शसक्तिकरण गर्न फरक पनका सिपहरु दिएको बताउनु भयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले नगरपालिकाले महिलाहरुलाई थुप्रै सिप प्रदान गरेको बताउनु भयो ।
सिपलाई महिलाहरुले व्यवहारिक रुपमा उतारी व्यवसायिक बन्दै जानु पर्ने उहाँले तर्क गर्नु भयो । महिलाहरु सक्रिय रुपमा सिपलाई जिविकोउपार्जनमा लगाउनु पर्छ , त्यसमा नगरपालिकाले सदैव साथ र सहयोग गर्छ , उहाँले भन्नु भयो ।
कार्यक्रममा वडा सदस्य अस्मीता नेपाली , नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष एवं वुद्ध दर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , इन्सेक प्रतिनिधि पार्वती आचार्य , मानवअधिकार एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा देवी राई , गजेहडा टोल विकास संस्थाका अधयक्ष भोजराज आचार्य , ठाकुरापुर टोलविकास संस्थाका अध्यक्ष कमल पराजुली , तालिममा सहभागी राधिका क्षेत्री , रेखा थारुले महिलाहरुलाई आर्थिक रुपले शसक्त गराउदा महिला माथि हुने हिंसा कम हुने बताउनु भएको थियो । वडाका एकल र बिपन्न महिला गरि २० जनाले तालिम लिएका थिए ।
प्रतिक्रिया