प्रदेश

बालबालिकामा संक्रमण लक्षित तयारी अन्तर्गत ४० वेडको आइसियू



बुटवल २९ असार । बालबालिकामा संक्रमण  लक्षित तयारी अन्तर्गत बुटवल प्रादेशीक अस्पतालमा छिटटै ४० वेडको आइसियू संचालनमा आउने गरी हाल २० वेडको सेवा शुरु भएको छ। कोरोना महामारीको तेस्रो लहर व्यवस्थापनका लागि भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले २० बेडको आईसीयू सेवा सुरु गरेको हो । ४० आईसीयू बेड बनाउन सुरु गरेकामा २० बेडबाट सेवा सुरु गरेको हो । संघीय सरकारको २ करोड १९ लाख रुपैयाँको सहयोगमा ती बेड बन्न लागेका हुन्  ।  

साउन दोस्रो सातादेखि ४० वटै आईसीयूमा उपचार सेवा सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष सूर्यप्रसाद भट्टराईले बताए । अस्पतालले २४ वटा भेन्टिलेटरको पनि व्यवस्था गरेको छ । त्यसमा बालबालिकालाई समेत मिल्ने पाइपलाइन जडान गरेको छ । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट स्थापना हुँदै छन् । एउटा प्लान्टबाट दैनिक २ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुनेछ । डब्लूएचओ र अन्य साझेदार निकायको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो । 

सरकारी र निजी संघसंस्थाको समन्वयमा अस्पतालमा ४ सय अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरूको अनुमान छ । 

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६