दाङ ३०असार। मोटरसाईकल चोरी र लागुपदार्थ कारोबारमा संलग्न रहेका दाङका तीन प्रहरीलाई निलम्बित गरिएको छ । सादा पोशाकमा खटिने इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विकलाई मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा निलम्बन गरिएको प्रहरी स्रोतले बताएको छ ।
त्यस्तै लागु औषध कारोवारमा संलग्न रहेको आरोपमा अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुनलाई पक्राउ गरिएको हो । उनीहरुलाई एक हप्ता अघि नै पक्राउ गरिएको हो । उनीहरुका विषयमा अदालतमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको थुनामा राखिएको छ ।
यो घटनाले जिल्लामा हुने अपराधिक क्रियाकलामा प्रहरीको संलग्नता हुने गरेको पुष्टि भएको छ । यसरी आँचरण विपरितका कार्यले समग्र प्रहरी संगठनलाई नै बदनामित बनाएको भन्दै सत्यतथ्य छानविन भइरहेको प्रहरी अधिकारीको भनाई छ ।
प्रतिक्रिया