अर्थ-वाणिज्य

प्रचण्ड र विप्लव भेटवार्ता, मिलेर अघि बढ्न प्रचण्डको प्रस्ताव



काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति, ओली सरकारसँग आफूहरूले गरेको सहमतिलगायतका विषयमा कुराकानी भएको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए ।

‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौं’, बाँस्तोलाले भने, ‘देशको अहिलेको देशको उथलपुथल राजनीतिबारे हामीले चासो राख्यौं, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौं ।’

पूर्व माओवादी एक हुने चर्चाका विषयमा राखिएको जिज्ञासामा बाँस्तोलाले भने, ‘तत्कालै यो सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौं, प्रचण्डजीले पनि पूर्व माओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नु भएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नु भयो ।’

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले केहि समयअघि केपी ओलीलाई भेटेर कारागारमा रहेका आफ्ना नेता–कार्यकर्ता शान्ति सम्झौता अनुसार १० दिनभित्र रिहा गर्न दवाव दिएको थियो 

प्रकाशित : ३० असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६