कपिलवस्तु २ साउन। भोली देखि कपिलवस्तुमा भेरोसेल खोपको पहिलो डोज लगाउने काम १० वटै पालिकाका ९६ वडा स्थित स्वास्थ्य सस्थावाट हुने भएकोछ। कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेका अनुसार अव निरन्तर खोप आउने र क्रमश सबैलाई लगाइने सरकारको तयारी अनुसार सबैलाई सुविधा हुनेस्थानवाट खोप दिन थालिएको हो ।यो अभियान खोप नसकिदा सम्म जारी रहने उहाको भनाईछ।
स्वास्थ्य संस्थाबाट ५४ देखि ५९ उमेर समूहका व्यक्तिलाई लगाईने भयको छ।उक्त खोप औंसधि पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिइने प्रजिअ चक्रपाणी पाण्डेले बताउनुभयो । खोप कार्यक्रम मा परिचयपत्र आवश्यक हुनेछ। जिल्लामा ३४,०३४ डोज आएको प्रजिअ चक्रपाणी पाण्डेको भनाइ छ ।








प्रतिक्रिया