अर्थ-वाणिज्य

कपिलवस्तु: असारे विकासमा सकियो करोडौ बजेट



कपिलवस्तु ३१ असार  । कोरोना माहामारीका विच पनि विगतमा जस्तै यसवर्ष पनि असार महिनामा आएर कपिलवस्तु सहित देशभर सडक निर्माण लगायतका विकास निर्माणका काम हुने क्रम रोकिएन । बर्षायामका बेला एकातिर काममा बाधा पर्ने अर्कातिर गुणस्तरिय काम नहुने भएपनि बजेट सिध्याउनकै लागी कपिलवस्तु सहित  देशभर असार शुरु देशी अन्तिम सम्म सडक लगायतका विकासका पुर्वाधार बनाउने कामको होडबाजी नै चलेको छ । करोडौ बजेट असारे विकासका नाममा सकिएको छ ।

विकास र पूर्वाधार निर्माणका लागि सडक पहिलो प्राथमिकतामा पर्ने भएकाले सडक बनाउने होडबाजी चल्नुलाई अस्वभाविक मान्न सकिदैन । तर स्थानीय तहमा जनप्रतिनिधी आएसँगै कपिलबस्तुमा गुणस्तरियता र दीर्घकालीन सोच बिर्सेर चुनावी बाचा अनुरुप कार्यकर्ता र मतदाता  रिजाउनकै लागि  सडक बनाउने क्रम बढेको स्थानीय बताउँछन् ।

सडक डिभिजन कार्यालय शिवपुर सहित  १० बटा स्थानीय तह रहेको कपिलवस्तुमा कुल बजेटको झन्डै आधा रकम सडक निर्माणमा खर्च हुने गर्दछ । कोरोना माहामारीका विच शुरुमा स्वास्थ्य क्षेत्रमा रकम वितरण गर्ने बताएपनि क्रमश, नियन्त्रण देखाउँदै सडक लगायतका विकास निर्माणका काम भएका हुन् । दीर्घकालीन सोच राखेर काम गर्ने हो भने बजेट दुरुपयोग नभइ गुणस्तरिय काम हुने प्राविधिकको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले भने सडक गुणस्तरीय र दिर्घकालीन रुपमा टिकाउ हुने गरि काम अगाडी बढाएको दावी गरेका छन् ।

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६