अर्थ-वाणिज्य

लुम्विनीको बजेट जस्ताको तस्तै अध्ययादेशवाट जारी



बुटवल १ साउन । प्रदेश सभाबाट बजेट पास गर्न विपक्षी सहमत नभएपछि  सत्तापक्ष र विपक्षमा देखिएको वराबरमतका कारण बजेट अधिबेशन अन्त्य गरेर लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।

‘असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको छ,’ प्रवक्ता चौधरीले भने । किन अध्यादेशबाट बजेट ल्याउनुपर्यो भन्ने प्रष्टाउन आज दिउँसो  पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी पनि उनले दिए ।सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार (हिजो) सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेर हिंडेको थियो ।एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सहमतिमा बजेट पारित गर्न समय माग गरे अनुसार सभामुखले शुरुमा आधा घण्टा र पछि साउन २ गते १ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । तर सरकारले मध्यराति नै चालु अधिवेशन अन्त्य गराएको थियो ।प्रकृयामा गइसकेको बजेटलाई बिचैमा छाडेर  सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।  

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६