अर्थ-वाणिज्य

हामीले बैठक बहिष्कार गर्नुपर्ने कारण यस्तो छ :रावल



काठमाठौं, १ साउन । नेकपा एमालेका नेता भीम रावलले आफूहरूका माग सम्बोधन नभएपछि स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरिएको बताएका छन् । आफूहरूले छलफलका लागि बैठक स्थगित गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुनुवाइ नगरेपछि बैठक बहिष्कार गर्नु परेको नेता रावलले बताएका छन् ।

स्थायी कमिटी सदस्य समेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगित गर्न र शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भए पनि ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताएका छन् । ओलीका पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक थाती राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए ।

‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौं । हामीले यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौं भनेर आग्रह गर्‍यौं । तर पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौं, हामी बैठकस्थलबाट बाहिरियौंं’, रावलले भने । नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरे अनुरूप पार्टी बैठकहरू सञ्चालन गरिनुपर्ने बताएका छन् ।

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६