कपिलवस्तु १ साउन । साझा प्रयास अभियान कपिलवस्तुको अक्सिजनमैत्री अभियान अहिले सम्म जारी रहेको छ । अक्सीजन बिना कोही मर्न न परोस र स्वास्थ्य सामग्री को अभावमा कोही उपचार बाट बन्चित हुन न परोस भनदै साझा प्रयास अभियानले गरेको आह्वानमा ऐक्यवद्धता जनाउदै महाराजगंज नगरपालिकाका मेयर अबदुल कलामले साउन १ देखि १ वर्षको तलवको ५० प्रतिशत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ ।
सो क्रममा मेडिकल आक्सीजन कन्सन्ट्रेटर १० लीटरको थान १ महाराजगंज नगरपालिकालाई अभियानका तर्फवाट हस्तान्तरण गरिएकोछ । नगरपालिकाका मेयर कलामलाई अभियानका संयोजक रवि ठाकुरले हस्तान्तरण गर्नु भएको हो । बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को कोभिड दोश्रो लहरको प्रतिकार्य र कोभिड तेश्रो लहरको बचाव कार्य अन्तर्गत यात्रा जारी नै रहेको साझा प्रयास अभियानका संयोजक ठाकुरले वताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै दोश्रो लहरबाट पार पाउन सामाजिक तथा ब्यवसायिक संस्थाहरु संग कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर, स्वास्थ्य सामग्रीको उपलब्धता गराउने कार्य गरिएको जानकारी ठाकुरले गराउनु भयो । हस्तान्तरण कार्यक्रममा मेयर कलामले अभियानलाई धन्यवाद दिदै आफुले पाउने पारिश्रमिक को ५० प्रतिशत रकम आर्थिक सहयोग दिने घोषणा गर्नु भयो ।
साझा प्रयास अभियानलाई पालिकाले पनि सहयोग गर्ने बचनपनि दिनुभयो। हस्तान्तरण कार्यक्रममा साझा प्रयास अभियानका कोषाध्यक्ष गोपाल भण्डारी, महाराजगंज नगर पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको अभियानका सचिव राजेश ज्ञवालीले वताउनु भयो ।
प्रतिक्रिया