अर्थ-वाणिज्य

समयमै बजेट खर्च गर्न प्यूठान नगरपालिकाले निकाल्यो नयाँ जुक्ति



प्यूठान २ साउन । समयमै नगर सभा हुने वजेट विनियोजन हुने तर कार्यान्वयन समयमा नहुने समस्या समाधान गर्न प्यूठान जिल्लाको एक नगरपालिकाले नयाँ  जुक्ति निकालेको छ । जसका आधारमा नगरसभावाट पारित सम्पूर्ण योजनाको कार्यान्वय समयमा गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गरिएकोछ ।

समयमै वजेट कार्यान्वय गर्न गराउन र उल्लेख्य नतिजा हासिल गर्न त्यहाका मेयरले प्रमुख प्रशासकीय अधिकृत संग कार्य सम्पदान संझौता समेत गरेका छन् । त्यस्तो संझौता गर्ने नगर हो प्यूठान नगरपालिका । प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीलाई एकल कार्यान्वयको अख्तियारी सहित कार्यसंपादन संझौता गर्नु भएको हो ।

अव उक्त कार्यक्रमहरु समयमै सम्पन्न भएमा प्रमुख प्रशासकीय अधिकृत पुरस्कृत हुने छन् भने कार्यान्वयन हुन नसके दण्डीत गरिने मेयर कक्षपतिको भनाई छ । कार्य सम्पादन संझौता हुने चलन नौलो नभएपनि वजेट  तथा नीति कार्यान्वयको एकल अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक वर्षको प्रारम्भमै हस्तान्तरण गरेर एकल जवाफदेही  वनाउने काम भने नौलो भएको वताइन्छ । 

प्रकाशित : २ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६