अर्थ-वाणिज्य

लघु उद्यमीलाई २५ थान मोटर प्रदान,४० विपन्नलाई शाक्य समाजको राहत



कपिलवस्तु ४ साउन। कपिलवसतु नगरपालिकाले २५ लघु उद्यमीलाई २५ थान मोटर प्रदान गरेको छ । गरीबी निवारणकालागि लघु उद्यम कार्यक्रमको प्रबिधि हस्तान्तरण अन्तर्गत उनीहरुलाई एक हर्ष पावरको पानी तान्ने पम्म उपलब्ध गराइएको हो ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनी स्थित रामजानकी र राधकृष्ण लघु उद्यमी समुहका सदस्यलाइ मेयर किरण सिह, प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल, सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले मोटर हस्तान्तरण गरेका थिए । 

सो अवसरमा मेयर सिंहले उपलब्ध गराइएको मोटरले लघु उद्यमीलाई कृषि कर्म गर्न सजिलो हुने बताए । उनले आफुहरुले लघु उद्यम विकासकालागि थप सहयो गर्ने बताए । यता शाक्य समाज कपिलवस्तुले कोरोना भाईरसका कारण लडाडाउनले मारमा परको तौलिहवा क्षेत्रका ४० बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । भियतनाम भिक्षु टेम्पल अमेरिकाको सहयोगमा समाजले उनीहरुलाई खादान्न बाडेको हो । 

समाज अध्यक्ष रबि चन्द्र शाक्य, सल्लाहकार राम प्रसाद कोईराला लगायतलको समाजको टीमले बिपन्नलाई राहत हस्तान्तरण गरेको थियो । १५ किलो चामल, ५ किलो पीठो तेल, नुन, सर्फ, साबुन मास्क लगातयका सामाग्री बाडिएको थियो । भियतनाम भिक्षु टेम्पलले समाजलाई ५ सय अमेरिकी डलर पठाएको थियो । त्यही पैेसाले आफुहरुले बिपन्नलाई राहत बाडेको अध्यक्ष शाक्यले बताए । समाजले थप सहयोग जारी राख्ने उनले बताए । 

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६