अर्थ-वाणिज्य

अबैध काठ सहित ५ पक्राऊ :भन्सार छलिका ल्यापटप सहित नियन्त्रणमा



कपिलवस्तु ४  साउन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ मा साजको काठसहित ४ जना प्रकाउ परेका छन । साउन १ गते सुठौली हुदै कोपवा तर्फ ल्याउदै गरेको साजको काठसहित ४ जना प्रकाउ परेका हुन । प्रकाउ पर्नेमा वडा नः ५ का बर्ष १८ कामहावलि थारु,बर्ष १५ का बिनोद थारु, बर्ष ५० का लक्ष्मण थारु र बर्ष २२ का प्रवेश थारु रहेका छन । त्यस्तै बाणगंगा नगरपालिका वडा नः १० मा पनि सालको काठ लुकाई छिपाई राखेको आरोपमा कुल बहादुर बोटे प्रकाउ परेका छन ।

यता भारतबाट भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरिएको ५ वटा ल्यापटप  सहित पक्राउ गरिएका दुई जना मानिसहरुलाई कपिलवस्तुको प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको  चन्द्रागिरी नगरपालिका –९ थानकोटका  २२  बर्षीय  कृष्ण शाही र  सप्तरीको महादेव गाउँपालिका–५ भगवानपुरका  बर्ष २० बर्षीय  नवनारायण मण्डल रहेको  प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।लेनोभो आर १५ मोडलको ५ थान ल्यापटप र त्यसको चार्जर  बरामद गरि  थप  कारवाहीको लागी भन्सार कार्यालय पठाईएको  प्रहरीले जनाएको छ  ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६