पर्यटन

माधव नेपाल निकटका १५ सांसदले बहिस्कार गरे मतदान



काठमाडौं ३ असार । नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरु प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका हुन्।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्।संसद भवनबाट बाहिरिने क्रममा एमाले नेता एवम् सांसद गोकर्ण विष्टले पार्टी एकताका लागि सुझबुझपूर्ण निर्णय गरिएको बताए।‘हामीले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गरेका छौं। पार्टी एकताका लागि यो हाम्रो सुझबुझपूर्ण निर्णय हो,’ विष्टले भने।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६