कपिलवस्तु ४ साउन ।विजय नगर गाउँपालिकाले १ वर्षको अवधिमा ११ किलो मिटर सडक पक्कि बनाएको छ । पालिकाका विभिन्न स्थानमा प्रदेशको समेत सहयोगमा पिच गरिएको हो । पिच भए सँगै धुलाम्मे सडक चिल्ला भएका छन । धुलाम्मे सडकमा यात्रा गर्दा कठिनाई भोगेका नागरिकलाई सडक पिच भए सँगै सहज भएको छ । यस्तै पालिका भित्र १सय १० मिटर सडकको स्तर उन्नती तथा ग्राबेल गरिएको छ । १५ सय मिटर पक्कि नाली निमार्ण भएको छ । पालिकाले आर्थिक वर्षमा ३ वर्षे कार्यक्रम अन्तरगत भैसी स्रोत विकास केन्द्र स्थापना गरिएको छ ।
पालिका ,प्रदेश सरकार र स्थानिय समुदायको साझेदारीमा यो आर्थिक वर्षको ३ करोडको काम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश भरिकै स्रोत केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले स्रोत केन्द्र स्थापना गरिएको हो । केन्द्रमा उन्नत जातका भैसी उत्पादन , दुधजन्य पदार्थको उत्पादन गरिने छ। हाल केन्द्रमा ७ सय भैसी रहेका छन । प्रदेश स्तरकै उन्नत जातका भैसी , उत्पादन विक्री बितरण स्रोत केन्द्र स्थापना स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्राईले बताउनु भयो । “कृषि पेशा गर्नेहरुका लागि स्रोत केन्द्र फलदायी बन्ने अपेक्षा गरिएको छ , प्रमुख प्रशासकिय अधिकृत भट्राईले बताउनु भयो । ”
पालिकाले ४ वडामा भौतिक सम्रचना बनाउन काम शुरु गरेको छ । ४ वटै वडा कार्यालयमा २ कोठे भवन बनाउन थालिएको हो । लकडाउनका कारण केहि ढिलाई भए पनि चालु आर्थिक वर्षमा समयमै सकिने पालिकाले जनाएको छ । त्यस्तै पालिकाले शुद्धपानी पिउनका लागि ८ लाख बढि नल बितरण गरेको छ । नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्य अनुरुप पानी तान्ने नल बितरण गरिएको हो । पालिका भित्र रहेका ३ वटा आधारभुत स्वास्थ्य सेवा इकाई भवन निमार्ण सम्पन्न गरि सोहि भवनबाट सेवा सुचारु गरिएको छ । आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्दा सहज भएको छ।
पालिकाले शिक्षा तर्फ ४ वटा भवन निमार्ण भएको छ , बाँकी २ कोठे भवन निमार्ण प्रक्रियामा रहेको छ । त्यस्तै गरि कृषि अन्तरगत कृषकहरुलाई विभिन्न जातका विरुवा बितरण गरेको पालिकाले जनाएको छ । कृषि व्यवसाय गर्ने किसानहरुलाई कृषि औजार बितरण गरेको छ । कृषि औजारले किसानलाई आधुनिक प्रविधिबाट खेती सहज भएको छ । पालिका भित्र बाख्रा , कुखुरा , बंगुर , धान , तरकारीको पकेट क्षेत्र बनाइएको छ । त्यस्तै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम , मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत करिब २ सय जनाले रोजगारी पाएका छा । त्यस्तै गरि कोभिड विशेष कृषि कार्यक्रम अन्तरगत व्यवसायिक किसानहरुलाई अनुदान दिइएको छ ।
पशुपालन , बाख्रापालन , किराना पसल लगायत व्यवसायिहरुलाई कोभिड विशेष कार्यक्रम अन्तरगत अनुदान दिइएको हो । आर्थिक वर्षको ६३ करोड बजेटमा ९० प्रतिशत बजेट खर्च भएको छ । करिब २ प्रतिशत योजना फ्रिरीज भएको छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा।वि।सहरु मिलि बनेको गाउँपालिका हो । २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन् ।
प्रतिक्रिया