बुटवल ४ साउन । चालु आर्थिक वर्ष २०७८/७९ मा निजी विद्युतीय सवारीलार्ई पनि लुम्बिनी प्रदेश सरकारले करको दायरामा ल्याएको छ। प्रदेश सरकारले जारी गरेको आर्थिक अध्यादेशमा विद्युतीय स्कुटर, मोटरसाइकल, कारदेखी माइक्रोवस सम्मका सवारी साधनको लागि करको व्यवस्था गरिएको छ । गत आर्थिक वर्षको आर्थिक ऐनमा अन्य सवारी साधनको करको दर उल्लेख भएपनि विद्युतीय सवारी साधनको उल्लेख थिएन ।
यो वर्ष पहिलो पटक विद्युतीय निजी गाडीलाई करको दायरामा ल्याइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका यातायात व्यवस्था हेर्ने अधिकृत तुल्सीराम अधिकारीले बताए। लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमा विद्युतीय मोटरसाइकल दर्ता भएको भएपनि अहिलेसम्म कर तिर्न परकोको थिएन । मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालयमा गत आर्थिक वर्ष २०७७÷७८ मा १ सय २० वटा दुई चक्के विद्युतीय सवारी साधन दर्ता भएका छन्। त्यस मध्ये केही मोटरसाइकल र धेरै स्कुटर रहेका छन्। तर तिनीहरुबाट अहिलेसम्म कर नउठाइएको कार्यालयका प्रमु्ख कृष्ण पन्थीले जानकारी दिए ।
प्रतिक्रिया