तुलसीपुर,५ साउन । विद्यार्थीहरुलाई खोप लगाउने विषयमा तुलसीपुर उपहानगरपालिका र विद्यार्थी संगठनहरुबीच सहमति भएको छ । उपमहानगरपालिका भित्रका स्नातक र स्नातकोत्तकर तहमा अध्ययन गर्ने १८ बर्ष माथिका विद्यार्थीहरुलाई खोप लगाउने विषयमा सहमति भएको हो ।पहिलो चरणमा दुई हजार विद्यार्थीलाई खोप लगाउने सहमति भएको भन्दै त्यसकालागि उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखामार्फत जिल्ला खोप व्यबस्थापन समितिमा सिफारिश गर्ने सहमति भएको हो ।
यस्तै तुलसीपुरको मेट्रो कलेजका गतिबिधिहरु छानविन गर्नकालागि सूर्यबहादुर डाँगीको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । जसमा विद्यार्थी संगठनका प्रतिनिधिहरु रहने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा विकले जानकारी दिए ।त्यस्तै उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले लिने मासिक शिक्षण शूल्क र अन्य शूल्क यस शैक्षिकशत्रमा नबढाउने र विद्यालयले १० प्रतिशत विद्यार्थीहरुलाई छात्रबृति दिए–नदिएको अनुगमन गर्ने निर्णय भएको छ ।
यदि गत बर्ष शूल्क लिएको भए फिर्ता गर्न लगाईने छ । साथै सामुदायिक विद्यालयको कक्षा ८ सम्मको शिक्षा निःशुल्क गराउने र अंग्रेजी माध्यामबाट सञ्चालित विद्यालयहरुले भने समितिले तोके बमोजिम लिन पाउने निर्णय भएको छ ।साथै एक विद्यालयबाट अर्को विद्यालय जानकालागि स्तान्तरण पत्रकालागि महंगो शूल्क नलिने पनि निर्णय गरेको थियो । जस अनुसार एलकेजीदेखि युकेजीसम्मको पाँचसय, कक्षा १ देखि ५ सम्मको एक हजार, कक्षा ६ देखि ७ सम्मको दुई हजार र ८ देखि १० सम्को दुईहजार पाँचसय मात्रै लिनकालागि सिफारिश गर्ने निर्णय गरिएको छ ।त्यस्तै एसइईको नतिजा नआउदै कक्षा ११ मा भर्ना गरिएको पाईएमा कारवाही गर्ने निर्णय गरिएको छ ।
बैठकमा सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, प्रबक्ता सूर्यबहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत भास्करराज गौतम, शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी, शिक्षा अधिकृत मनबहादुर खड्का, नेविसंघका कोषाध्यक्ष अरुण लहरे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा विक, अनेरास्ववियुका जिल्ला संयोजक रविन्द्र डाँगी, समाजवादी विद्यार्थी युनियन दिपक पोखरेल, नेविसंघका जिल्ला सदस्य किरण केसी, अखिल क्रान्तिकारीका विन्दु खड्का, हिरालाल ओलीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया