पर्यटन

देउवालाई भाग बण्डामा सकस ,माधवलाई झन ठूलो सकस



काठमाडौं ५ साउन। प्रधानमन्त्री शेर बहादुर देउवालाई गठबन्धन दलहरुबीच मन्त्रालय भागन्डा गर्न सकस परेको छ । एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरुले आन्तरिक आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बर्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालय भागबन्डाका बारेमा छलफल भइनसकेको दाबी गरे । “म संलग्न बैठकमा छलफल भएको छैन । अरु ठाउँमा भएको भए मलाई थाहा भएन,” उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच २५ वटा मन्त्रालयलाई चारवटा समूहमा राखेर भागबन्डा गर्ने सैद्धान्तिक समझादारी बनेको छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मान्त्रालयमध्ये गठबन्धन दलहरुबीच कम्तीमा एक–एकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।

गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलमध्ये एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा जाने÷नजाने निश्चित भइनसकेका कारण पनि मन्त्रालय भागबन्डाले निकास पाउन सकेको छैन । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल पक्षलाई केही समय पर्खेर भए पनि सरकारमा ल्याउनुपर्ने पक्षमा छन् । नेपालले पनि सरकारमा सहभागी हुने संकेत गर्दै आएका छन् तर दोस्रो तहका नेताहरुले अझै पनि पार्टी एकताको आस मारेका छैनन् । उनीहरुकै आग्रहमा नेपाललाई सरकारमा जाने निर्णय लिन समस्या परेको छ । कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६