अर्थ-वाणिज्य

सामुहिक बन तस्करी मुद्धामा फरार अभियुक्त पक्राऊ



दाङ ५ साउन ।सामुहिक बन तस्करी  मुद्धामा फरार  अभियुक्त पक्राऊ  परेका छन् । दाङ प्रहरीले वन मुद्दामा फरार ४ जनालाई अढाई वर्षपछि लुकिछिपी बसेको अवस्थामा  पक्राउ गरेको छ । २०७५ साल माघ १६ गते सामूहिक वन  तस्कारी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दाको फैसला भई फरार रहेका विरुद्ध जनही ७१ हजार पाँच सय २१ रुपैंया पचाँस पैसा जरिवाना तोकिएकोमा हाल फरार रहेकोले उनीहरुलाई सोमबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राजपुर गाउँपालिका ७ राताकास निवासी ४५ वर्षिय निम प्रसाद विक, सोही ठाउँ निवासी ६३ वर्षिय धनदल बहादुर विक, ६२ वर्षिय राधिका विक, ३४ वर्षिय ताराकुमारी पुन पक्राउ परेका हुन् । उनीहरु चारै जनालाई राजपुर गाउँपालिका ७ राताकासमा लुकिछीपी बसीरहेको अवस्थामा फेला पारी आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६