अर्थ-वाणिज्य

स्त्तोरोन्नती भएको २ बर्षमा चम्कियो सुठौली भन्सार



कपिलवस्तु ६ साउन । पछिल्लो समयमा ठूलो भन्सार नाकाको मान्यता पाएको सुठौली भनसार राजश्व संकलन गरेर चम्किएको छ । बढी राजश्व संकलन गर्न सफल राष्ट्रका भन्सार नाकाको तुलनामा यसले आफूलाई अग्रभागमा पारेको छ ।  कोभिड महामारीमा लक्ष्यको २ गुणाबढी राजश्व संकलन गरेर चमत्कार देखाएको हो । कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएको हो । 


भन्सारमा गतआवमा बार्षिक लक्ष्यको १ सय ९३ प्रतिशत राजस्वक उठेको हो । एक बर्षमा १ अर्व ५१ करोड २९ लााख राजस्वक संकलन भएको भन्सार प्रमुख रमेश खडकाले बताए । गत बर्ष भन्सारलाई ७८ करोड १६ लाख लक्ष्य तोकिएको थियो । गत बर्ष भन्सारमा झन्डै ४८ करोड राजस्वक उठेको थियो । भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो । सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको छ । गत साउनमा१० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख  राजस्व उठेको भन्सार प्रमुख रमेश खडकाले बताए । 

स्त्तोरोन्नती भएको २ बर्ष पछि सुठौलीमा अहिले राजस्व सकलन राम्रो भएको उनले बताए । कृष्णनगर र रुपन्देहीको बैल हिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए । कारोना भाईरसको बेला समेत बार्षिक लक्ष्यको  झन्डै दुई सय प्रतिशत हुनु राम्रो संकेत भएको उनले बताए । भन्सारका लेखापाल मदन पाण्डेयले एक बर्षमा ढेड अर्व राजस्व उठाएर यो भन्सारले रकडै कायम गरेको बताए । भन्सारमा धान, चामल, गहु, मकै तरकारी तथा फलफुल, कोइृला टायल्स र मार्बल पैठारी हुने गरेको छ । २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको थियो । 

प्रकाशित : ६ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६