अर्थ-वाणिज्य

दाङमा मन्त्रालय तत्काल सार्ने भयपछि सिडियोलाई चापाचाप



दाङ ६ साउन। दाङमा मन्त्रालय तत्काल  सार्ने भयपछि प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कामको चापाचाप भयको छ। उनले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुशार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।

त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा–सिसहनीयाँ राप्ती नदिको पुलको एप्रोचमा क्षति पुगेको थियो । क्षति भएकै दिन प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मर्मतका लागि नेपालगन्ज पुल बिभागलाई अनुरोध गरेका थिए । अहिले उक्त क्षति भएको पुलको मर्मत कार्य तिब्र रुपमा भैरहेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नु पर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्था के छ भनेर निरीक्षण गरेका हुन । उनका अनुशार आन्तरिक मन्त्रालय अस्थायी राजधानी बुटवलबाट स्थायीमा छिट्टै सार्नु पर्ने भन्ने निर्देशन भएकोले दौडधुप भएको बताए । निरिक्षण तथा अनुगमनमा ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६