कपिलवस्तु ६ साउन ।जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको ३९ औ पुन्य स्मृति कपिलवस्तुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा कपिलवस्तु बालगृहका बेसाहरा बालकलाई बिहानको खाना खुवाइएको छ । नेपाल कांग्रेस कपिलवस्तुको सहयोगमा तौलिहवा स्थित बाल गुहका २९ बालकहरुलाई भोजन गराइएको हो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य , कांग्रेस युवा नेता प्रकाश घिमिरे, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, कांग्रेस नगर कार्यबाहक सभापति प्रशान्त काकी, प्रेस युनियनका जिल्ला सभापति गोपाल भन्डारी, नेता दिनेश हमाल गोपीकृष्ण शर्मा लगायतको सहभागीता रहेको थियो ।
उता बिपि स्मृति दिवसमा पार्टीले तौलिहवा स्थिति कांग्रेसको पार्टी कार्यालयमा स्मृति दिवस संपन्न गरेको छ । सो अवसरमा पार्टीको आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएक्को छ । । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गर्नुभयो । पार्टी सभापति सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताउनुभयो ।
पुर्व पार्टी जिल्ला सभापति राजशे आचार्यले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताउनुभएको छ । पार्टीको अध्यक्ष पदका प्रत्यसा समेत रहेको उनले आफु पनि समहतिको बाधक नरहेको तर पार्टीमा त्याग गरेकाहरुको समते उचित सम्मान हुनु पर्ने बताए । पार्टी सभापति आचार्यको अध्यक्षता, माधव पराजुलीको संचालनमा भएको कार्यक्रममा पुर्व पार्टी सभापति सुधारक पाण्डेय, पार्टीको सचिव मेहेन्दु पाठक, पुवृ सचिव सुरेश शर्मा लगायतले मन्तब्य दिएका थिए ।
यस्तै बिपि स्मृति दिवसमा कपिलवसतुको शिवराज, बुद्धभुमी, बाणगंगा नगरपालिका तथा मायादेबी गाउपालिकाको पकडीमा बृक्षारोपण गरिएका छन । पडकीको फैजान पेट्रोल पम्प परिसरमा बृक्षारोपण गरिएको थियो । नेता लोकनाथ शर्माको अध्यक्षता, बिरेन्द्र श्क्लाको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेतृ सुमित्रा शर्मा, पुजारी दुबे, राजेन्द्र पाण्डे लगायतले मन्तब्य दिएका थिए ।
प्रतिक्रिया