अर्थ-वाणिज्य

१५ दिनदेखि अवरुद्ध सडक अझै खुल्न सकेन



पाल्पा ७ साउन । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा सडक अवरुद्ध भएको १५ नाघेको छ । लामो समय देखि सडक नखुल्दा फोक्सिङ्गकोटका जनताले सास्ती खेप्नु परेको छ । बाटो बन्द भएपछि स्थानीयवासीलाइ रम्भा गाउपालिका कार्यालय, सदरमुकाम तानसेन बजार तथा अन्यन्त्र जान यात्रुले समस्या भोग्नु परेको स्थानीय चुमानसिं गाहाले बताए ।

असार महिनामा परेको अविरल मुसलधारे वर्षाले वडा कार्यालय देखि पश्चिम तर्फको रानीबास हुदै जाने मोटरबाटो, पूर्व तर्फको नम्ताहा झोकेदी हुदै तानसेन जाने मोटरबाटो, गाबुडॉडा झेस्काङ्ग हुदै तानसेन जानेबाटो अवरुद्घ भएको हो । बाटो खुलाउन स्थानीय व्यक्तिहरुबाट रकम उठाई डोजर लगाएर ३ पटक सम्म बाटो खोले पनि पछिल्लो पटकको पानीले सहदीखोला नजिकै रहेको काउछे क्षेत्रमा गएको पहिरो हटाउन नसक्दा बाटो अवरुद्घ भएको स्थानीय भिमबहादुर सारुले बताए । हप्तामा दुईपटक डायलिसिस गर्नुपर्ने दिदीलाई बाइकमा राखेर जोखिम मोल्दै कोदालो र खुर्पा लिएर हिंड्नु पर्ने बाध्यता रहेको रानीबासका खुमबहादुर सारुले गुनासो पोखे ।

पूर्व तर्फको किटेनी भञ्ज्याङ्गमा माथिबाट खसेको पहिरोले बाटो बन्द रहेको छ । बाटो बन्द भएपछि पूर्वी भेगका जनतालाई वडा कार्यालय सम्म आउन समेत गाह्रो भएको छ । गाडीको त कुरै नगरौं पैदल हिंडेर समेत स्वास्थ्य चौकी जान गाह्रो भएको फोक्सिङ्गकोट स्वास्थ्य चौकीमा सेवारत सम्झना रोकामगरले बताइन् । भञ्ज्याङ्गथोक झोकेदी खण्डको लभ डॉडामा खसेको पहिरोले मानिस हिंडन सास्ती भोग्नु परेको छ । ताहु‘ बजार जान, बैंकमा जान, स्वास्थ्य चौकी जान साह्रै असजिलो परेको स्थानीय वासिन्दाको गुनासो रहेको छ ।

फोक्सिङ्गकोटको सुरुमडॉडा देखि तानसेन चल्ने बाटोमा समेत पहिरोले गर्दा बाटो अवरुद्घ रहेको वडा सदस्य दुर्गा थापाले बताए ।पहिरोले गर्दा खाद्यान्न आपूर्ति नहु‘दा स्थानीय बजारमा खाद्यान्नको अभाव भएको छ । वर्षात रोकिएको खण्डमा एक दुई दिन भित्रमा डोजर लगाई बाटो खोलिने वडा अध्यक्ष उमानसिं सारुले बताए । वर्षात नरोकिएकोले बाटो बनाए पनि फेरि उस्तै हुने डर स्थानीयवासीमा रहेको छ ।

प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६