कपिलवस्तु ८साउन । बाणगंगा नदीमा पानीको बहाव बढेसँगै जिल्लाको महाराजगंज नगरपालिकाका दुई सय घर जोखिममा परेका छन् ।हरदौना गाउँ छेउबाट बग्ने नदीले कटान गर्दै नदी गाउँनजिक पुगेपछि बस्ती जोखिममा परेको हो । नदीले जमिन कटान गरेर बग्ने धार समेत परिवर्तन गरेको छ । नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नु परेको स्थानीयले गुनासो गरेका छन् ।
नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।वाणगंगा नदीको कटानलाई समयमै व्यवस्थित नगरे नदीले सबै जग्गा बगाउने वडा नम्बर १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनुभयो ।
यता बाँकेका पौडी खेल्ने क्रममा डुबेर ३ जना किशोरको मृत्यु भएको छ । कोहरपुरमा रहेको डडुवा खोलामा पौडी खेल्ने क्रममा नेपालगञ्जका ३ जना डुबेको प्रहरीले जनाएको छ।बुधबार दिउसो पौडी खेल्ने क्रममा नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १७ वर्षिए अरमान जस गढ र १६ वर्षिय आरिफ जस गढ बेपत्ता भएका थिए। खोज तलासका क्रममा उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधु सुदन न्यौपानेले बताए।
प्रतिक्रिया