अर्थ-वाणिज्य

देउखुरीमा रातारात काम : भाडामा संचालित मन्त्रालय स्थानान्तरणको तयारी तीव्र



बुटवल ८साउन । भाडामा संचालित मन्त्रालय स्थानान्तरणको तयारी तीव्र पारिएको छ।  हुनत मध्य वर्खाको समय छ। धेरैजसो विकास निर्माणका काम यतिबेला रोकिएका छन् । तर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेश सरकारका केही पदाधिकारीलाई भने जतिसक्दो बुटवलबाट राजधानी दाङको देउखुरी सार्ने काममा भ्याई नभ्याई छ।

बुटवलबाट राजधानी सार्नको लागि देउखुरीमा रातारात काम भइरहेको छ। असार २३ गते मौरीघाटका राप्ती प्राविधिक शिक्षालय परिसरमा ग्रामीण तथा शहरी विकास मन्त्रालय उद्घाटन भयो। मुख्यमन्त्री शंकर पोखरेलले भर्चुअल कार्यक्रमबाट काठमाडौबाटै मन्त्रालयको उद्घाटन गरे। छिट्टै अरु मन्त्रालय पनि सार्ने तयारी गरिरहेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजाल र सभामुख पूर्णबहादुर घर्ती जतिसक्दो चाँडो स्थायी राजधानीमै मन्त्रालय र प्रदेशसभा लैजान कर्मचारीलाई निर्देशन दिइरहेका छन्।  अब छिट्टै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय देउखुरीमा सार्ने तयारी भइरहेको छ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६