अर्थ-वाणिज्य

दाङमा प्रजिगत खर्च ७० प्रतिशत मात्र , किन भएन ठूलो रकम खर्च ?



दाङ ८ साउन ।  दाङको  घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा पूजिगत तर्फ केवल ७० प्रतिशत मात्र खर्च गरेको । जसले  ३० प्रतिशत बजेट प्रयोग नै गर्न सकेन । प्रजगत खर्च कम भएपनि चालु खर्चमा भएको बृद्धिले समग्रमा करिब ८० प्रतिशत रकम खर्च गरेको देखिएको छ । उपमहानगरपालिकाले शुक्रबार बार्षिक समिक्षा कार्यक्रम गर्दै तथ्यांक एवं सूचना अधिकारी भीमबहादुर चौधरीले चालू र पूँजीगत बजेटको ७९ दशमल ५४ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

चालू तर्फको १ अर्ब २१ करोड ४१ लाख १४ हजार रुपैयाँ मध्य ८८ दशमलब ३७ प्रतिशत अर्थात १ अर्ब ७ करोड २९ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी, पूँजीगत तर्फ १ अर्ब ५ करोड ४८ लाख ३५ हजार रुपैयाँ मध्य ६९ दशमलब ४ अर्थात ७३ करोड २० लाख २९ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।कूल २ अर्ब २६ करोड ८९ लाख ५० हजार रुपैयाँ मध्य १ अर्ब ८० करोड ४९ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । एक बर्षमा नगरले ३५ दशमलब ४८ किलोमिटर कालोपत्रे, ४१ किलो मिटर ग्राभेल, ३३ किलोमिटर नयाँ ट्रयाक खोलिएको, ६ किलोमिटर मर्मत, १८ वटा कल्भर्ट निर्माण गरेको छ ।

त्यसैगरी, ४ वटा पार्क निर्माण, ९ सय ८० घरमा खानेपानी धारा जडान, १५ वटा कुवा निर्माण, ४ वटा डिप बोरीङ र १८ किलो मिटर नाला निर्माण गरिएको उपमहानगरले जनाएको छ । साथै नयाँ विद्यालय भवन १० वटा, पुराना विद्यालयमा ८ वटा भवन, तीनवटा स्वास्थ्य चौकी र यात्रु प्रतिक्षालय ३ वटा निर्माण भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले कार्य सम्पादनमा थप मेहनत गर्नपर्ने देखिएको बताइन् । नागरिकहरुलाई सेवा सुविधा सँग सहज रुपमा जोड्नका लागि अझै मेहनत गर्नु पर्ने देखिएको बताइन् ।त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरसभाबाट पास भएका कार्यक्रमलाई सतप्रतिशत पुरा गर्ने तर्फ अझै ध्यान दिने गरी काम गर्नुपर्नेमा जोड दिए । दिगो र गुणस्तरीय कामका लागि शाखा महाशाखा एवं वडा कार्यालयको समन्वयकारी भूमिकाबाट नै सफल हुने उनको भनाई छ ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६